
काठमाडौं, २५ साउन। साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले निरन्तरता पाउँदा सोमबार सूचक ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा झरेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स २.२० अंक, फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंकले ओरालो लागेका छन्।
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत शुक्रबार ३ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा सोमबार ३५२ वटा स्टकको ५३ हजार ५२४ पटकको कारोबारमा ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार रुपैयाँबराबरको १ करोड ९ लाख ६६ हजार कित्ता शेयर किनबेच भएको छ।

कम्पनीहरूको प्रदर्शन तथा उपसमूहगत अवस्था:
- बढ्ने कम्पनीहरू: कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.४७ प्रतिशतले बढेको छ भने दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य ६ प्रतिशतले बढेको छ। अन्य कम्पनीको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रह्यो।
- घट्ने कम्पनीहरू: रिलायबल समृद्धि योजना २ को इकाईमूल्य सर्वाधिक ९.७० प्रतिशतले घटेको छ।
- शीर्ष कारोबार: सोलु हाइड्रोपावर ४६ करोड ३७ लाख रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रह्यो। रिडी पावर कम्पनीको करिब ३० करोड र फस्ट माइक्रोफाइनान्सको १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
- उपसमूहगत सूचक: १३ उपसमूहमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा गरी ४ उपसमूहको परिसूचक सामान्य बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




