
काठमाडाैं, २६ साउन । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीका निवर्तमान कप्तान रोहित पौडेललाई कप्तानी कार्यकालमा पुर्याएको योगदानका लागि विशेष धन्यवाद ज्ञापन गरेको छ।
क्यानले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै रोहितको नेतृत्वमा नेपाली क्रिकेटले उल्लेखनीय उपलब्धि हासिल गरेको र ती क्षणहरू नेपालको क्रिकेट यात्रामा सदैव गौरवको रूपमा रहने उल्लेख गरेको छ।
“नेपाल र नेपाली क्रिकेट प्रशंसकको आशालाई बोकेर लगनशीलता, समर्पण र दृढ संकल्पका साथ टोलीको नेतृत्व गर्नुभएकोमा धन्यवाद,” क्यानले भनेको छ, “देश, टोली र खेलप्रतिको तपाईंको प्रतिबद्धता सधैँ प्रेरणादायी रहेको छ।”
कप्तानीको जिम्मेवारीबाट अलग भए पनि रोहितले आगामी दिनमा उही भावना, गर्व र समर्पणका साथ खेलाडीका रूपमा नेपाली टोलीको प्रतिनिधित्व जारी राख्ने क्यानले विश्वास व्यक्त गरेको छ। साथै, उनको योगदानको उच्च सम्मान गर्दै क्यानले रोहितलाई ‘एकपटकको नेता, सधैँको नेता’ भन्दै प्रशंसा गरेको छ।
यसैबिच, क्यानले आगामी प्रिमियर कपका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। टोलीमा पूर्वकप्तान रोहित पौडेलसहित अनुभवी र युवा खेलाडीहरूको सन्तुलित मिश्रण रहेको छ।

घोषित टोली:
- सन्दीप लामिछाने (कप्तान)
- रोहित पौडेल
- आसिफ शेख
- अर्जुन कुमाल
- देव खनाल
- दीपेन्द्रसिंह ऐरी
- सन्दीप जोरा
- बसिर अहमद
- डा. इशान पाण्डे
- गुल्सन झा
- शेर मल्ल
- ललित राजवंशी
- करण केसी
- हेमन्त धामी








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




