मुक्तिनाथ विकास बैंक १ खर्ब कर्जा प्रवाह गर्ने पहिलो बैंक, नाफा बढेर १ अर्ब ५१ करोड नाघ्यो

-



     सफल आवाज    
     श्रावण २७ गते २०८३ मा प्रकाशित



काठमाडौं, २७ साउन। मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) १ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्ने नेपालको पहिलो विकास बैंक बनेको छ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कर्जा प्रवाह ३.३८ प्रतिशतले बढेर १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ पुगेको हो। अघिल्लो वर्ष बैंकको कर्जा ९७ अर्ब २२ करोड रुपैयाँ थियो।

सोही अवधिमा बैंकको निक्षेप सङ्कलन ५.२० प्रतिशतले वृद्धि भई १ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।

वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १२.४४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ पुगेको छ (अघिल्लो वर्ष १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ)। खुद ब्याज आम्दानी ३.६३ प्रतिशतले बढ्नुका साथै इम्पेरमेन्ट चार्ज ७९ करोड ३५ लाखबाट घटेर ५७ करोड २३ लाख रुपैयाँमा झरेपछि बैंकको सञ्चालन मुनाफा (२०.२३%) र खुद नाफामा सुधार आएको हो।

मुख्य वित्तीय सूचकहरू:

  • चुक्ता पूँजी: रु. ८ अर्ब ३ लाख
  • जगेडा कोष: रु. ४ अर्ब ९४ करोड ४६ लाख
  • वितरणयोग्य मुनाफा: रु. ६७ करोड ५७ लाख (प्रतिशेयर: रु. ८.४५)
  • प्रतिशेयर आम्दानी (EPS): रु. १८.९८ (१८ पैसा घट्दो)
  • प्रतिशेयर नेटवर्थ: रु. १६१.८२
  • मूल्य आम्दानी अनुपात (P/E Ratio): १९.१३ गुणा