सातामा सुनको मूल्य ४,७०० रुपैयाँले बढ्यो, साउन २६ गते बन्यो हालसम्मकै महँगो

-



     सफल आवाज    
     श्रावण ३० गते २०८३ मा प्रकाशित



काठमाडौं, ३० साउन। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा तीव्र उतारचढाव आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन २३ गते शनिबारदेखि साउन २९ गते शुक्रबारसम्मको एक सातामा सुनको मूल्य प्रतितोला ४ हजार ७०० रुपैयाँले बढेको हो।

गत साउन २३ गते शनिबार प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन साउन २९ गते शुक्रबारसम्म आइपुग्दा ३ लाख १ हजार ६०० रुपैयाँ पुगेको छ।

साताभरिको दैनिक मूल्य उतारचढाव:

मिति (साउन)बारमूल्य परिवर्तन (प्रतितोला)कायम मूल्य (प्रतितोला)
२३ गतेशनिबार–रु २,९६,९००
२४ गतेआइतबाररु ४,८०० ले बढेकोरु ३,०१,७००
२५ गतेसोमबाररु २०० ले घटेकोरु ३,०१,५००
२६ गतेमंगलबाररु ६,४०० ले बढेकोरु ३,०७,९००
२७ गतेबुधबाररु १,२०० ले घटेकोरु ३,०६,७००
२८ गतेबिहीबाररु ५०० ले घटेकोरु ३,०६,२००
२९ गतेशुक्रबाररु ४,६०० ले घटेकोरु ३,०१,६००

साताको सुरुवातमा आइतबार एकैदिन ४ हजार ८०० रुपैयाँले बढेको सुन सोमबार सामान्य २०० रुपैयाँले घटेको थियो। तर, मंगलबार फेरि ६ हजार ४०० रुपैयाँको ठूलो वृद्धि भई प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँको उच्च विन्दुमा पुगेको थियो।

साताको अन्तिम तीन दिन भने मूल्य लगातार ओरालो लाग्यो। बुधबार १,२००, बिहीबार ५०० र शुक्रबार ४,६०० रुपैयाँले घटेर कारोबार बन्द भएको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण यो साता स्थानीय बजारमा मूल्यमा तीव्र उतारचढाव देखिएको हो।