राष्ट्रिय स्तरका विकास बैंकको नाफामा उच्च सुधार, कुल नाफा साढे ८ अर्ब नाघ्यो

-



     सफल आवाज    
     श्रावण ३० गते २०८३ मा प्रकाशित



काठमाडौं, ३० साउन । गत आर्थिक वर्षमा नेपालका राष्ट्रिय स्तरका विकास बैंकहरूको खुद नाफामा उल्लेख्य सुधार आएको छ। सञ्चालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरूले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार उनीहरूको औसत नाफा ६३.८२ प्रतिशतले बढेको हो।

बैंकहरूले गत आर्थिक वर्षमा कुल ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले ५ अर्ब २८ करोड ५७ लाख ४५ हजार रुपैयाँ मात्र नाफा कमाएका थिए। समीक्षा अवधिमा सबै ८ वटा बैंकको नाफा बढेको देखिन्छ।

सबैभन्दा धेरै नाफा गरिमाको, नाफा वृद्धिमा ज्योति अगाडि

रकमका आधारमा सबैभन्दा धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक अग्रस्थानमा रहेको छ। यस बैंकले अघिल्लो वर्षको तुलनामा ३५.३४ प्रतिशत नाफा बढाएर १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ।

यसैगरी, प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा बढाउन ज्योति विकास बैंक सफल भएको छ। ज्योति विकास बैंकको नाफा ९०३.७४ प्रतिशतको उछालसहित १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

विकास बैंकहरूको वित्तीय विवरण (रकम रु लाख/करोडमा):

विकास बैंकको नामगत आवको खुद नाफाअघिल्लो आवको खुद नाफानाफा वृद्धि (%)
गरिमा विकास बैंकरु १ अर्ब ६८ करोड ८६ लाखरु १ अर्ब २४ करोड ७६ लाख३५.३४%
ज्योति विकास बैंकरु १ अर्ब ५९ करोड ५२ लाखरु १० करोड९०३.७४%
मुक्तिनाथ विकास बैंकरु १ अर्ब ५१ करोड ८३ लाखरु १ अर्ब ३५ करोड ३६ लाख१२.४४%
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकरु १ अर्ब १८ करोडरु ६४ करोड ५६ लाख८२.९७%
कामना सेवा विकास बैंकरु ८९ करोड ४१ लाखरु ६६ करोड ९७ लाख३३.५१%
सांग्रिला डेभलपमेन्ट बैंकरु ८८ करोड ९९ लाखरु ६० करोड ६६ लाख४६.६९%
लुम्बिनी विकास बैंकरु ८५ करोड १० लाखरु २४ करोड ११ लाख२५२.९६%
महालक्ष्मी विकास बैंकरु ६२ करोड ९९ लाखरु ४२ करोड ४३ लाख४८.४६%

नाफाका आधारमा तेस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ कमाएको छ। त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंकले पनि आफ्नो नाफामा दोहोरो तथा तेहोरो अंकको वृद्धि दर्ता गराउन सफल भएका छन्।