
काठमाडौं, ३१ साउन। नेपाल चेम्बर अफ कमर्सले राजधानीस्थित पाँचतारे र्याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको छ।
अपूर्ण र सन्दर्भविहीन सूचना सार्वजनिक गर्दा निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगको व्यावसायिक प्रतिष्ठामा नकारात्मक असर पर्ने चेम्बरको भनाइ छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयुक्त अनुगमनका क्रममा होटलमा ग्यास मौज्दात बढी पाइएको भन्दै टिप्पणी सार्वजनिक भएको थियो। त्यसको खण्डन गर्दै चेम्बरले र्याडिसन होटलमा दैनिक ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुने स्पष्ट पारेको छ।
चेम्बरद्वारा ध्यानाकर्षण गराइएका प्रमुख बुँदाहरू:
- मौज्दात स्वाभाविक: होटलको विशाल सञ्चालन आकार, भान्साको ठूलो आवश्यकता र आपूर्ति व्यवस्थालाई हेर्दा दैनिक खपतको तुलनामा करिब २०० वटासम्म सिलिन्डर मौज्दात रहनुलाई अस्वाभाविक मान्न नमिल्ने।
- गैरकानुनी भन्नु गलत: वस्तुस्थिति र नियमित आपूर्ति चक्रको विश्लेषण नगरी केवल संख्याका आधारमा अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु अनुचित रहेको।
- अतिरञ्जित प्रचार रोक्न आग्रह: चेम्बरले कृत्रिम अभाव, अवैध कारोबार र कानुनविपरीतका कार्यको समर्थन नगर्ने स्पष्ट पार्दै वैध रूपमा सञ्चालित व्यवसायलाई हतोत्साहित गर्ने अतिरञ्जित प्रचारले लगानीको वातावरण बिगार्ने चेतावनी दिएको छ।
- संवाद र समन्वयको माग: आपूर्ति वा नियमन सम्बन्धी कुनै समस्या देखिएमा नियमनकारी निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग संवाद गरी समाधान खोज्नुपर्ने।
नियमन कायम राख्दै वैध लगानी र व्यावसायिक सञ्चालनलाई सहजीकरण गर्ने वातावरण बनाउनुपर्नेमा चेम्बरले जोड दिएको छ। तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति र सरोकारवालाहरूबीचको आपसी संवादबाट मात्रै पर्यटन तथा आतिथ्य क्षेत्रको विश्वास र दिगो विकास सम्भव हुने चेम्बरको ठहर छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




