
काठमाडाैं, २४ माघ । भारत सरकारले नेपाललाई दिने अनुदान पौने दुई अर्ब रुपैयाँ बढाएको छ । गत वर्ष नेपाललाई ८ अर्ब ८० करोड भारतीय रुपैयाँ अर्थात १४ अर्ब ८ करोड अनुदान दिएको भारतले चालू वर्षमा बजेट बढाएर ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ अर्थात १५ अर्ब ८७ करोड २० लाख पु-याएको छ ।
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको भारतको बजेटमा नेपाललाई दिने अनुदान गत वर्षभन्दा १ अर्ब ७९ करोडले बढी हो । अनुदान पाउनेमध्ये भारतका छिमेकी देशमध्ये नेपाल दोस्रो हो ।
भुटानले ३० अर्ब ४ करोड भारतीय रुपैयाँ अनुदान पाउने भएको छ । सार्वजनिक बजेटअनुसार, म्यानमारले ४ अर्ब, अफगानिस्तानले ३ अर्ब ५० करोड, माल्दिभ्सले २ अर्ब ५० करोड तथा वंगलादेश र श्रीलंकाले २-२ अर्ब भारतीय रुपैयाँ अनुदान पाउने बजेटमा उल्लेख छ।








काठमाडौं, ८ मंसिर। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेड (API) को शेयरमूल्य…
महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८… 




