चीनले पाँच लाख कोराना विरुद्धकाे खोप अनुदान दिने

-



     सफल आवाज    
     माघ २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ माघ । चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच भएको टोलिफोन वार्तामा उgका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गरेकाे परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गरेका छन् ।