
काठमाडौं, ३ भदाै। साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। ठूलो उतारचढावबिना दिनभर स्थिर रहने प्रयास गरेको नेप्से सूचक अन्त्यमा ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा झरेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.०८ अंक र फ्लोट इण्डेक्स ०.०२ अंकले घटेका छन् भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने कुनै परिवर्तन नभई स्थिर रहेको छ।
नेप्से सूचकसँगै बुधबार कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। दिनभर ९५ लाख ८ हजार ८८२ कित्ता शेयर ३ अर्ब २९ करोड ८० लाख रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारोबार दिन मंगलबार भने ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
सुस्त बजारका बीच पनि माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। माउन्ट एभरेष्टको शेयरमूल्य रु. ९०.४० ले बढेर रु. ६९३.६० पुगेको छ भने सर्वोत्तम पेन्ट्सको मूल्य रु. ७८.६० ले वृद्धि भई रु. ६०३.२० मा अन्तिम कारोबार भएको छ।
यता मनकामना इन्जिनियरिङ्ग कम्पनीका शेयरधनीहरूले भने सर्वाधिक नोक्सानी बेहोरेका छन्, जसको शेयरमूल्य ८.४५ प्रतिशतले घटेको छ।
साहस उर्जाको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा साहस उर्जा कम्पनी शीर्ष स्थानमा रहन सफल भएको छ। उक्त कम्पनीको १७ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसैगरी सोलु हाइड्रोपावरको १६ करोड ८८ लाख रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ्ग मिल्सको १५ करोड ५५ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
उपसमूहगत अवस्था
कारोबारमा आएका १३ उपसमूहमध्ये ५ वटाको परिसूचक बढेको छ भने ८ वटाको घटेको छ। बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूह सकारात्मक लयमा देखिए। उता विकास बैंक, फाइनान्स, होटल तथा टुरिजम, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहका सूचकमा भने गिरावट दर्ता भएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




