
काठमाडौं, ५ भदाै। नेपाली दुईपांग्रे सवारीसाधनको बजारमा स्कुटरको लोकप्रियता निरन्तर बढ्दै गएको छ। केही वर्षअघिसम्म मोटरसाइकलको तुलनामा दोस्रो रोजाइमा पर्ने स्कुटर अहिले अधिकांश नेपाली उपभोक्ताको पहिलो रोजाइ बन्न पुगेको छ।
विशेषगरी सहज सञ्चालन, पारिवारिक प्रयोगका लागि उपयुक्त डिजाइन, सामान राख्ने पर्याप्त ठाउँ र शहरको व्यस्त ट्राफिकमा सजिलै चलाउन सकिने भएकाले स्कुटरको माग बढेको हो। विगतमा महिलाहरूमा मात्र बढी सीमित मानिने स्कुटरको प्रयोग अहिले युवा, पुरुष, अभिभावक तथा ज्येष्ठ नागरिकसम्म विस्तार भएको छ।
उद्योगसम्बन्धी तथ्यांकअनुसार करिब १५ वर्षअघि नेपालको कुल दुईपांग्रे बजारमा स्कुटरको हिस्सा ५ देखि १० प्रतिशत मात्र थियो। पछिल्ला वर्षहरूमा भने यो हिस्सा बढेर करिब ५० प्रतिशतसम्म पुगेको छ। नेपालमा वार्षिक करिब १ लाख २० हजारदेखि १ लाख २५ हजार युनिट दुईपांग्रे सवारीको कारोबार हुने अनुमान छ।
बिक्री बढाउन सहज फाइनान्सिङको भूमिका
छोटो दूरीको आवतजावत, कार्यालय तथा कलेज जान र बजारका दैनिक काममा स्कुटर बढी उपयोगी देखिएको छ। यसका साथै बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध हुने सहज किस्ताबन्दी (फाइनान्सिङ) सुविधाले पनि यसको बिक्री बढाउन ठूलो सहयोग पुर्याएको छ।
एकैपटक ठूलो रकम खर्च नगरी सवारी खरिद गर्न सकिने भएकाले मध्यम आय भएका उपभोक्ता, युवा पुस्ता र पहिलोपटक सवारी खरिद गर्नेहरू यसतर्फ आकर्षित भएका छन्। चाडपर्व र यात्राको मौसममा कम्पनीहरूले दिने छुट तथा बिक्री प्रवर्द्धन योजनाले पनि स्कुटरको माग बढाउने गरेको छ।
पेट्रोलको वर्चस्व कायमै, विद्युतीयको उपस्थिति पनि बलियो बन्दै
नेपाली बजारमा होन्डा, यमाहालगायतका स्थापित ब्रान्डका पेट्रोल स्कुटरको वर्चस्व अझै बलियो छ। तर, पछिल्लो समय विद्युतीय (ईभी) स्कुटरप्रतिको आकर्षण पनि क्रमिक रूपमा बढ्दै गएको छ।
तथ्यांकअनुसार सन् २०२४ मा ५ हजार १७२ युनिट विद्युतीय दुईपांग्रे आयात भएकोमा सन् २०२५ मा ३२ प्रतिशतले वृद्धि भई ६ हजार ८५२ युनिट पुगेको छ।
नेबुला इनर्जीका जनरल म्यानेजर चिरन्जिबी शाहका अनुसार विगतमा ९५ प्रतिशत पेट्रोल र ५ प्रतिशत मात्र इलेक्ट्रिक स्कुटर बिक्री हुने गरेकोमा पछिल्लो ६ महिनामा इलेक्ट्रिक स्कुटरको बिक्री बढेर १० प्रतिशत पुगेको छ। पेट्रोलको बढ्दो मूल्य, नयाँ प्रविधिको आगमन र बहुउपयोगी भएकै कारण विद्युतीय मोडलतर्फ आकर्षण बढेको शाहको भनाइ छ।
यद्यपि, चार्जिङ पूर्वाधार, ब्याट्री क्षमता र बिक्रीपछिको सेवा जस्ता चुनौतीका कारण विद्युतीय स्कुटर अझै कुल बजारको सानो हिस्सामै सीमित छ। आगामी दिनमा प्रविधि र पूर्वाधारमा सुधार आउँदा पेट्रोल र विद्युतीय स्कुटरबीचको प्रतिस्पर्धा अझै रोचक हुने र यसले उपभोक्तालाई थप उत्कृष्ट विकल्पहरू प्रदान गर्ने देखिन्छ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




