
काठमाडौं, ५ भदौ । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती अवधिमै करिब रु. २ खर्ब ९० अर्ब तरलता प्रणालीबाट तानेको छ।
भदौ ३ गतेसम्म विभिन्न मौद्रिक उपकरणमार्फत कुल रु. २ खर्ब ८९ अर्ब ५६ करोड बराबरको तरलता अवशोषण गरिएको राष्ट्र बैंकले जनाएको छ।
कुल ५१ पटकको कारोबारमार्फत तानिएको उक्त रकममध्ये निक्षेप संकलन र स्थायी निक्षेप सुविधा (SDF) मुख्य माध्यम बनेका छन्।
मौद्रिक उपकरणमार्फत भएको तरलता अवशोषणको स्थिति:
- Standing Deposit Facility (SDF): रु. २ खर्ब ८ अर्ब ११ करोड
- नियमित Deposit Collection: रु. ४१ अर्ब ४५ करोड
- NRB Bond: रु. ४० अर्ब
भदौ ३ सम्म राष्ट्र बैंकका यी उपकरणहरूमा रु. १ खर्ब ३१ अर्ब ८५ करोड बराबरको रकम बाँकी (Outstanding) रहेको छ। जसमा निक्षेप संकलनमा रु. ८७ अर्ब ८ करोड, राष्ट्र बैंक बन्डमा रु. ४० अर्ब र SDF मा रु. ४ अर्ब ७७ करोड रहेको छ।
बैंकिङ प्रणालीमा रकम फालाफाल भएपछि यस अवधिमा Repo वा SLF मार्फत प्रणालीमा पैसा पठाउने कुनै पनि उपकरण प्रयोग गर्नु परेको छैन।
निक्षेप र कर्जा विस्तारबीचको फराकिलो अन्तर:
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिनुको मुख्य कारण निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह सुस्त हुनु हो। बैंकहरूले तत्काल कर्जा विस्तार गर्न नसकेको रकम प्रतिफलका लागि राष्ट्र बैंकका मौद्रिक उपकरणमा राख्न बाध्य भएका छन्।
मौद्रिक नीतिले घट्दो ब्याजदर र पर्याप्त तरलतामार्फत निजी क्षेत्रको कर्जा विस्तारलाई सहयोग पुर्याउने लक्ष्य राखेको भए पनि हाल बैंकको रकम कर्जामा जानुको सट्टा राष्ट्र बैंकमै पार्क भइरहेको छ।
अबका दिनमा यो अतिरिक्त रकम वास्तविक क्षेत्रको कर्जामा रूपान्तरण हुन्छ या राष्ट्र बैंककै उपकरणमा थिग्रिएर बस्छ भन्ने कुरा आगामी महिनाको कर्जा विस्तारदरले स्पष्ट पार्नेछ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




