प्रभु म्युचुअल फण्डका दुई योजनाले १२ प्रतिशत प्रतिफल दिने

-



     सफल आवाज    
     भाद्र ८ गते २०८३ मा प्रकाशित



काठमाडौं, ८ भदाै । प्रभु क्यापिटल लिमिटेडकाे प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरुले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई १२ प्रतिशत प्रतिफल दिने घोषणा गरेका छन्।

प्रभु बैंक लिमिटेड कोष प्रबर्द्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन्।

भदौ ५ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको बताइएकाे छ।

इकाईधनीहरुलाई प्रतिफल वितरणका लागि बुकक्लोज (दर्ता किताब बन्द हुने मिति) को जानकारी क्यापिटलले छिट्टै सार्वजनिक गर्ने बताएकाे छ। कंपनीका अनुसार बुक क्लाेज भन्दा अघिल्लो कारोबार दिनसम्म कायम रहेका इकाईधनीहरुले मात्र यो प्रतिफल प्राप्त गर्न सक्नेछन्।