रसुवा बाढी प्रभावितका लागी कामना सेवा बैंक र कर्मचारीद्धारा २५ लाख सहयोग

-



     सफल आवाज    
     भाद्र ११ गते २०८३ मा प्रकाशित



काठमाडाै, ११ भदाै । कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भाद्र १० गने आएको बाढीबाट प्रभावित नागरिकहरुको रात, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्धेश्यले २५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० लाख तथा बैंकमा कार्यरत कर्मचारीहरुको १ दिनको तलब बापत .१५ लाख गरी कुल .२५ लाख सहयोग गर्ने निर्णय गरेकाे छ । उक्त सहयोग रकम प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा जम्मा गरी सकिएको बैंकले जनाएको छ ।

उक्त सहयोगले प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत र उद्धार कार्यमा थप सहयोग पुग्ने बैकले विश्वास लिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विपद् प्रभावित समुदाय, मानविय सहायता तथा सामाजिक हितका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

बैंकले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने सम्पुर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण, शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बैंकले विपदको समयमा उद्धार, राहत तथा व्यवस्थापन कार्यमा सक्रिय रुपमा खटिनुभएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय, स्थानिय तह, स्वयंसेवक तथा सम्पुर्ण सहयोगी हातहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

प्राकृतिक विपद्को यस कठिन घडीमा सबै पक्षको समन्वय, सहकार्य र मानविय सहयोगवाट प्रभावित समुदायलाई राहत तथा पुनःस्थापनामा टेवा पुग्ने भएकोले सम्पुर्ण सरोकारवालाहरुलाई सहयोगको लागि जुट्न समेत आव्हान गरेको छ ।