
काठमाडौं, १२ भाद्र । नेपाल चेम्बर अफ कमर्सले विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरीलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच चेम्बरका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपक कुमार मल्होत्राले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई ती ड्रोनहरू हस्तान्तरण गर्नुभएको हो।
हस्तान्तरण गरिएका ड्रोनहरूमा म्याभिक फोर प्रो २ वटा, एयर थ्री एस एफएमसी आरसी टु ५ वटा, मिनी फाइभ प्रो प्लस एफएमसी आरसी टु २ वटा, लिटो वान प्लस एफएमसी आर थ्री ६ वटा र लिटो एक्स वान एफएमसी आर टु २ वटा रहेका छन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछाने तथा वरिष्ठ प्रहरी उपरीक्षक दामोदर कंडेललगायतको उपस्थिति रहेको थियो।
कठिन भौगोलिक बनावट र जोखिमयुक्त क्षेत्रमा जहाँ मानिसको सहज पहुँच पुग्न सक्दैन, त्यस्ता स्थानमा ड्रोनमार्फत वस्तुस्थितिको सही पहिचान, निगरानी तथा उद्धार समन्वयमा ठूलो सहयोग पुग्ने विश्वास चेम्बरले लिएको छ।
यसअघि पनि चेम्बरले ५० केजी पेलोड क्षमताको एक थान र अर्को एक सर्भिलेन्स ड्रोन विदुर नगरपालिकालाई उपलब्ध गराइसकेको छ। साथै, प्रभावित क्षेत्रमा सञ्चार तथा विद्युतीय उपकरण सञ्चालन सहज बनाउन १२५ वटा पावर बैंक समेत वितरण गरिसकिएको छ।
विपद् प्रभावित नागरिकका लागि राहत संकलन र वितरण अभियानलाई तीव्रता दिएको चेम्बरले भाद्र ११ गते नै रसुवा, नुवाकोट तथा धादिङ लगायतका जिल्लाहरूमा नगद तथा जिन्सी सहयोग पुर्याइसकेको छ। यो राहत अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने चेम्बरले जनाएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




