
काठमाडौं, १४ भदाै । मुक्तिनाथ विकास बैंकले भोटेकोशी र त्यस आसपासका नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख (पचास लाख) आर्थिक सहयोग गरेको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको अविरल र भीषण बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती तथा नुवाकोटको त्रिशुली, देवीघाट लगायतका क्षेत्रहरूमा व्यापक क्षति पुगेको थियो। बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका नदी तटीय क्षेत्रहरूमा सर्वसाधारणका साथै विभिन्न उद्देश्यले ती क्षेत्रमा रहेका स्वदेशी तथा विदेशी नागरिकहरूलाई ठूलो मात्रामा जनधनको क्षति पुर्याएको छ।
अकल्पनीय विपत्तिबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बैंक परिवारले दिवङ्गत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जलीका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
बैंकका अनुसार प्रकृतिले ल्याएको यो विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्मूल्यांकन र पुनर्स्थापना कार्यमा टेवा पुर्याउने उद्देश्यले यो रकम योगदान गरिएको हो।
देश कठिन परिस्थितिबाट गुजरिरहेको समयमा बाढी पीडित परिवारको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउनु आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) भएको बैंकले जनाएको छ। साथै, आगामी दिनहरूमा पनि विपद्मा परेका नागरिकहरूको सहयोग र सामाजिक हितका कार्यहरूमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




