
काठमाडौं, १५ भदौ । नेपाल राष्ट्र बैंकले बजारबाट रु. २० अर्ब रुपैयाँ निक्षेप संकलन (तरलता प्रशोचन) गर्दैछ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै ८६ दिनका लागि उक्त रकम संकलन गर्न लागिएको जनाएको छ।
राष्ट्र बैंकका अनुसार उक्त ३ महिने निक्षेप संकलन उपकरणको बोलकबोल आजै, अर्थात् २०८३ भदौ १५ गते दिउँसो ३:०० बजेसम्म राष्ट्र बैंकको Online Bidding System Software (OBSS) मार्फत हुनेछ।
मुख्य विशेषता तथा शर्तहरू:
- आह्वान रकम: रु. २० अर्ब
- उपकरणको अवधि: ८६ दिन (भुक्तानी मिति: २०८३ मंसिर ०९ गते)
- सहभागी हुन पाउने संस्थाहरू: नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र।
- बोलकबोल रकम: घटीमा रु. १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ।
- ब्याजदर निर्धारण: बोलकबोलको माध्यमबाट बहुब्याजदर (Multiple Rate) मा निर्धारण हुनेछ। निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकतामा राखिनेछ। समान ब्याजदर भएमा Pro-rata Basis मा बाँडफाँड गरिनेछ।
- धितो प्रयोग: यो निक्षेप नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ।
- अन्य व्यवस्था: संकलित रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न नपाइने भए पनि बैधानिक तरलता अनुपात (SLR) र तरलता अनुपात (Liquidity Ratio) मा गणना गर्न पाइनेछ। उक्त निक्षेप रकमको भुक्तानी मिति अगावै Pre-mature भुक्तानी नहुने केन्द्रीय बैंकले जनाएको छ।
बोलपत्र स्वीकृत भएका बैंक तथा वित्तीय संस्थाको खातामा सो दिन पर्याप्त रकम नभएमा त्यस्ता संस्थालाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलहरूमा सहभागी हुन बन्देज लगाइने सूचनामा उल्लेख छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




