
काठमाडौं, १७ भदाै। साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कको वृद्धि सहित बन्द भएको छ। अघिल्लो कारोबार दिन मङ्गलबार पनि सामान्य अङ्कले बढेको नेप्सेले बुधबार पनि सोही निरन्तरता पाएको हो।
यस दिन नेप्से परिसूचक १५.४४ अङ्कले बढेर २५३८.११ विन्दुमा पुगेको छ। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.०२ अङ्क, फ्लोट इण्डेक्स १.२२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अङ्कले बढेका छन्।
नेप्सेको वृद्धिसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ। कुल ३५४ वटा कम्पनीको ३९ हजार ६७३ पटकको कारोबारमा ७२ लाख ६८ हजार कित्ता सेयर रु. २ अर्ब ९४ करोड २७ लाख ८१ हजार बराबरमा खरिदबिक्री भएको छ। मङ्गलबार रु. २ अर्ब ९० करोड बराबरको सेयर कारोबार भएको थियो।

कमाउने र गुमाउने कम्पनीहरू
बुधबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ११.८७ प्रतिशतले बढेको छ। यस्तै माथिल्लो मैलुङ्ग खोला जलविद्युत र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यता एनएमबि इनर्जी बण्ड ४ प्रतिशत २०९३/९४ को मूल्य सर्वाधिक ५.८१ प्रतिशतले घटेको छ।
कारोबार रकममा सानिमा मिडिल तमोर अगाडि
कारोबार रकमका आधारमा सानिमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको रु. १४ करोड १७ लाख बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १२ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको रु. १२ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।
उपसमूहगत अवस्था
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक बढेको छ भने दुई वटा उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ०.९५ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचकमा सामान्य गिरावट आएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




