
काठमाडौं, १९ भदौ। हालै आएको बाढीले प्रभावित व्यक्ति, परिवार तथा समुदायकाे सहयाेगार्थ एफ वान सफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १ करोड ३५ लाख सहयोग गरेको छ।
ग्रुप अन्तर्गतका इसेवा, फोनपे, एफ वान सफ्ट इन्टरनेशनल, र ईसेवा मनि ट्रान्सफर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा याे सहयाेग गरिएकाे हाे ।
कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा गरिएको यो सहयोग बाढीबाट प्रभावितहरू सँगै उभिने र आवश्यक परेको समयमा राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले यो योगदान गरिएको बताइएकाे छ।
यससँगै, फोनपे र इसेवा मार्फत राहतका लागि व्यक्तिगत रूपमा सहयोग गर्ने सबैप्रति एफवानसफ्ट ग्रुपले आभार प्रकट गरेकाे छ। हालसम्म इसेवाका १,२९,०१३ प्रयोगकर्ताले ९ करोड ७० लाख सहयोग गरेका छन। फोनपेका ८,६२,४४५ प्रयोगकर्ताले रु. २ अर्ब १९ करोड सहयोग गरेका छन्।
फोनपे मार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदान पनि समावेश छ। भारतबाट एनपीसीआई-इन्टिग्रेटेड पेमेन्ट मार्फत १९,८५८ प्रयोगकर्ताले रु. ४ करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपे मार्फत २,९६५ प्रयोगकर्ताले रु. १ करोड ६३ लाख सहयोग गरेका छन्।
संस्थाले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै यस कठिन समयबाट अघि बढ्न सबैमा साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




