
काठमाडौं, १९ भदाै । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको ४ लाख ७५ हजार ३३४ कित्ता सेयर बिक्रीमा राखेको छ।
कम्पनीका अनुसार यो सेयर खरिदका लागि हाललाई विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूलाई सेयर खरिदका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन पेस गर्न समय दिइएको छ।
आवेदन दिने प्रक्रिया:
- योग्यता: कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरू।
- समयसीमा: सूचना जारी भएको मितिले ३५ दिनभित्र।
- स्थान: कम्पनीको कर्पोरेट कार्यालय, लैनचौर, काठमाडौँ।
तोकिएको ३५ दिनको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट खरिदका लागि कुनै पनि निवेदन नपरेको खण्डमा वा पूर्ण आवेदन नपरेमा मात्र उक्त सेयर सर्वसाधारण, अन्य व्यक्ति तथा संघ-संस्थाहरूलाई बिक्रीका लागि प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




