
काठमाडौं, २१ भदाै। निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जना उम्मेदवार छनोट (सर्टलिस्ट) मा परेका छन्। अर्थ मन्त्रालयद्वारा गठित नाम सिफारिस समितिले उम्मेदवारहरूको योग्यता र अनुभवका आधारमा संक्षिप्त सूची सार्वजनिक गरेको हो।
दरखास्त पेस गरेका उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव तथा व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन गर्दा उच्चतम अङ्क प्राप्त गर्ने ६ जनालाई सर्टलिस्ट गरिएको समितिले जनाएको छ।
सर्टलिस्टमा परेका उम्मेदवारहरू:
- पिताम्बर भण्डारी (गुल्मी)
- प्रताप सुवेदी (काठमाडौँ)
- महेश रिमाल (काठमाडौँ)
- विक्रान्त आचार्य (काठमाडौँ)
- समता पन्त (काठमाडौँ)
- सुमनकुमार अधिकारी (काठमाडौँ)
असोज १ र २ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता
छनोटमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी असोज १ र २ गते सञ्चालन हुने कार्यक्रम रहेको छ।
प्रस्तुतीकरण र अन्तर्वार्ताको प्रक्रिया सकिएपछि सिफारिस समितिले उत्कृष्ट तीन जनाको नाम अन्तिम छनोटका लागि मन्त्रिपरिषद्मा पेस गर्नेछ। मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीन जनामध्येबाट एक जनालाई निक्षेप तथा कर्जा सुरक्षण कोषको आगामी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नेछ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




