
काठमाडौं, २२ भदाै। नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकले प्रस्ताव गरेको कुल लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेका छन्। यसका साथै, बैंकले अग्राधिकार शेयरधनीहरूका लागि समेत ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
बैंकको यो प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभा (AGM) ले पारित गरेपछि मात्र शेयरधनीहरूमा वितरण गरिनेछ। नबिल बैंक नेपालको बैंकिङ क्षेत्रमा लगातार उच्च र स्थिर प्रतिफल दिने अग्रणी बैंकहरूमध्ये पर्दछ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




