
काठमाडौं, २६ भदाै। बेनी हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले भदौ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ खुलाएकाे थियाे ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषलाई शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो।
निष्काशन सम्बन्धी मुख्य विवरण:
- सर्वसाधारणका लागि छुट्ट्याइएको शेयर: ८ लाख ६३ हजार २०० कित्ता (रु. ८ करोड ६३ लाख २० हजार बराबर)
- अंकित मूल्य: प्रतिशेयर रु. १००
- आवेदक सीमा: न्यूनतम १० कित्तादेखि अधिकतम १०,००० कित्तासम्म
- निष्काशन बन्द हुने मिति: ढिलोमा असोज ५ गते
- बिक्री प्रबन्धक: एनएमबि क्यापिटल लिमिटेड
| विवरण | कित्ता |
| कुल जारी पूँजी अनुमति | २० लाख ८० हजार कित्ता (रु. २०.८० करोड) |
| स्थानिय बासिन्दा (बाँडफाँट भइसकेको) | १० लाख ४० हजार कित्ता |
| वैदेशिक रोजगारीमा रहेका नेपाली (बाँडफाँट भइसकेको) | १ लाख ४ हजार कित्ता |
| सामूहिक लगानी कोष (बाँडफाँट भइसकेको) | ५२ हजार कित्ता |
| कर्मचारी (बाँडफाँट भइसकेको) | २० हजार ८०० कित्ता |
| सर्वसाधारणका लागि निष्काशन (हाल खुला) | ८ लाख ६३ हजार २०० कित्ता |
क्रेडिट रेटिङ र आयोजनाको अवस्था
कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘ICRANP Issuer Rating BB+’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम (औसत) जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत रु. ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ पैसा रहेको छ भने प्रतिमेगावाट लागत रु. १९ करोड ४७ लाख ५ हजार ८०९ पैसा परेको छ।
- विद्युत अनुमतिपत्र बाँकी अवधि: २४ वर्ष
- साधारण लगानी फिर्ता हुने अवधि (Payback Period): ५.७८ वर्ष
- डिस्काउण्टेड लगानी फिर्ता अवधि: ८.१५ वर्ष
आवेदन कसरी दिने?
इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा (ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू मार्फत ‘सी-आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ (Mero Share) अनलाइन तथा एपमार्फत पनि सहजै आवेदन दिन सकिनेछ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




