एनआईसी एशिया क्यापिटलले असोज ७ देखि ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ निष्काशन गर्दै

-



     सफल आवाज    
     भाद्र २२ गते २०८३ मा प्रकाशित



काठमाडौं, २२ भदाै । एनआईसी एशिया क्यापिटल लिमिटेडले ‘एनआईसी एशिया म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने नयाँ बन्दमुखी योजना

‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ को इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। क्यापिटलले असोज ७ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा रु. ८० करोड बराबरको ८ करोड इकाई सर्वसाधारण तथा कोष प्रवर्द्धकका लागि बिक्रीमा ल्याउन लागेको हो।

योजना तथा निष्काशन सम्बन्धी मुख्य विवरण:

  • योजनाको नाम: एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड
  • योजनाको प्रकृति: बन्दमुखी (Closed-ended) योजना
  • योजनाको अवधि: १० वर्ष
  • कुल निष्काशन इकाई: ८ करोड इकाई (रु. ८० करोड बराबर)
  • प्रतिइकाई मूल्य: रु. १०
  • निष्काशन खुला हुने मिति: असोज ७ गते
  • निष्काशन बन्द हुने मिति: छिटोमा असोज १३ गते (पर्याप्त आवेदन नपरेमा ढिलोमा असोज २१ गतेसम्म)
  • योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक: एनआईसी एशिया क्यापिटल लिमिटेड

इकाई बाँडफाँट ढाँचा (Allocation Breakup)

कुल निष्काशन गरिने ८ करोड इकाईमध्ये १५ प्रतिशत इकाई कोष प्रवर्द्धकका लागि सुरक्षित गरी बाँकी इकाई सर्वसाधारणका लागि निष्काशन गरिनेछ:

समूहइकाई संख्याकुल रकम (रु.)हिस्सा (%)
कोष प्रवर्द्धक (एनआईसी एशिया बैंक)१ करोड २० लाख इकाई१२ करोड१५%
सर्वसाधारण लगानीकर्ता६ करोड ८० लाख इकाई६८ करोड८५%
कुल योग८ करोड इकाई८० करोड१००%

आवेदन सम्बन्धी व्यवस्था र सर्तहरू:

  • न्यूनतम तथा अधिकतम आवेदन: लगानीकर्ताले न्यूनतम १०० इकाई (रु. १,०००) देखि अधिकतम १ करोड इकाई (रु. १० करोड) सम्मका लागि आवेदन दिन सक्नेछन्।
  • न्यूनतम बिक्री सर्त: बिक्री खुला भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ४ करोड इकाई खरिदका लागि आवेदन परेमा मात्र इकाई बाँडफाँट गरिनेछ।
  • योजना खारेजी र रकम फिर्ता: न्यूनतम ४ करोड इकाई बिक्री नभएको खण्डमा योजना खारेज गरी आवेदन बन्द भएको १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता भुक्तानी प्रक्रिया सुरु गरिनेछ।

आवेदन कसरी दिने?

इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (SEBON) बाट सी-आस्बा (C-ASBA) अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। यसका साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ (Mero Share) वेब पोर्टल तथा मोबाइल एपमार्फत पनि सहजै अनलाइन आवेदन दिन सकिने व्यवस्था रहेको छ।