सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन

-



     सफल आवाज    
     भाद्र २३ गते २०८३ मा प्रकाशित



काठमाडाैं, २३ भदाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) को १५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ २३ गते, मंगलबारका लागि बुकक्लोज गरेसँगै नेप्सेले bonus share समायोजन पछि नयाँ मूल्य ४५८ रुपैयाँ २६ पैसा कायम गरेको हो।

नेप्सेले अघिल्लो कारोबार दिन (सोमबार) दोस्रो बजारमा कायम अन्तिम कारोबार मूल्य रु. ५२७ का आधारमा यो मूल्य समायोजन गरेको हो। यही समायोजित मूल्यलाई आधार मानेर भदौ २४ गते, बुधबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

असार १५ प्रतिशत बोनस प्रस्तावसहित १७ औँ वार्षिक साधारण सभा

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा आउँदो असोज १ गते, बिहीबार, होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।