कालिञ्चोक दर्शनद्वारा ८.९४ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     भाद्र २४ गते २०८३ मा प्रकाशित



काठमाडौं, २४ भदाै । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको भदौ २४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई कूल ८.९४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको निर्णय अनुसार कम्पनीले ८.५ प्रतिशत बोनस सेयर र सो बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४४ प्रतिशत नगद लाभांश गरी कूल ८.९४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूले प्राप्त गर्नेछन्।