सांग्रिला डेभलपमेन्ट बैंकको ७ हजार ५१० कित्ता संस्थापक सेयर बिक्रीमा

-



     सफल आवाज    
     भाद्र २६ गते २०८३ मा प्रकाशित



काठमाडौं, २६ भदाै। सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकका संस्थापक सेयरधनी टेल बहादुर पुनको नाममा रहेको ७ हजार ५१० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

यो सेयर खरिदका लागि प्रथम प्राथमिकता हाल कायम रहेका संस्थापक सेयरधनीहरूलाई दिइएको छ। सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

इच्छुक संस्थापक सेयरधनीहरूले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य विवरण खुलाएर काठमाडौँको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा सोझै निवेदन पेस गर्न सक्नेछन्।

तोकिएको ३५ दिनको समयावधिभित्र हाल कायम संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेमा प्रचलित कानुन तथा नियमअनुसार उक्त सेयर अन्य सर्वसाधारण व्यक्ति, कम्पनी वा संघ-संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।