
दमौली (तनहुँ), २६ भदौ। बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रद्वारा सञ्चालित कार्यक्रमले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी स्रोत सामग्री उत्पादन गरेको छ ।
केन्द्रले सो अवधिमा विभिन्न प्रजातिका तीन सय ३३ बाख्रा उत्पादन गर्ने लक्ष्य राखेकामा चार सय ११ बाख्रा उत्पादन गरेको केन्द्रप्रमुख राजु कँडेलले जानकारी दिनुभयो ।
खरी प्रजातिका ४० बाख्रा उत्पादन गर्ने लक्ष्य राहेकामा ४८, छ सिन्हालको लक्ष्य निर्धारण रहेकामा आठ, छ बारबारीको लक्ष्य राखेकामा १०, तीन जमुनापारी क्रसको लक्ष्य राखेकामा तीन, ७० शुद्ध बोअरको लक्ष्य राखेकामा ८७, एक सय ६० बोअर क्रसको लक्ष्य राखेकामा एक सय ८४, १५ शुद्ध साननको लक्ष्य राखेकामा १६ र ३३ सानन क्रसको लक्ष्य राखेकामा ५५ बाख्रा उत्पादन भएका छन् ।
यसैगरी, दुई हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य रहेकामा चार हजार दुई सय ३१ दशमलव पाँच लिटर, दुई सय किलोग्राम चिज उत्पादन गर्ने लक्ष्य राखेकामा चार सय ६३ दशमलव तीन किलोग्राम तथा ५० चुलेत्रो उत्पादन गर्ने लक्ष्य राखेकामा ६० वटा उत्पादन भएको छ ।
७० मेट्रिक टन बाख्राको मल उत्पादन गर्ने लक्ष्य राखेकामा ९६ दशमलव २१ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । केन्द्रले सो अवधिमा रु. ७९ लाख १८ हजार चार सय ८५ आम्दानी गरेको छ ।
स्रोत बीउ तथा वस्तु बिक्रीबाट रु. ५३ लाख ३६ हजार चार सय २५, उत्पादनका सहउत्पादनबाट रु. २३ लाख ९५ हजार पाँच सय ४० तथा अतिथिगृह, तालिम हल र चमेनागृहबाट रु. एक लाख ५२ हजार चार सय २५ आम्दानी भएको छ ।
यसैगरी, केन्द्रले किसानलाई बाख्रा तथा बाख्रासँग सम्बन्धित अनुसन्धान र प्रविधि विकासका साथै उन्नत जातका प्रजननयोग्य बोका, पाठी तथा घाँसका बेर्ना वितरण गर्दै आएको छ ।
पशु स्वास्थ्य, पशु प्रजनन, पशु आहारा, चरन तथा घाँसे बाली, कृषि वन, पशु उत्पादन तथा व्यवस्थापनसम्बन्धी अनुसन्धान तथा कार्यक्रम पनि केन्द्रमा सञ्चालन हुँदै आएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




