माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     भाद्र २७ गते २०८३ मा प्रकाशित



काठमाडौं, २७ भदाै। माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा शेयर प्रिमियम खाताबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको मिति २०८३ भदौ २६ गते अपरान्ह ३:३० बजे बसेको सञ्चालक समितिको ५६४ औँ बैठकले चुक्ता पूँजीका आधारमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशको विवरण:

  • साधारण शेयरतर्फ:
    • बोनस शेयर: ३.०० प्रतिशत (रकम रु. ३६,२५,८६,३४७/-)
    • नगद लाभांश: ३.०० प्रतिशत – बोनस शेयर तथा नगद लाभांशको कर सहित (रकम रु. ३६,२५,८६,३४७/-)
    • कुल लाभांश: ६.०० प्रतिशत
  • अग्रधिकार शेयरतर्फ:
    • नगद लाभांश: ८.२५ प्रतिशत – कर सहित (रकम रु. ७,४५,८९,०४१/-)
    • (नोट: अग्रधिकार शेयरको लाभांश शेयर बाँडफाँड भएको मितिदेखि २०८३ आषाढ मसान्तसम्मको लागि समानुपातिक रूपमा प्रदान गरिनेछ।)