८ बैंकको लाभांश घोषणा-गरिमाको सबैभन्दा धेरै २० प्रतिशत

-



     सफल आवाज    
     भाद्र २८ गते २०८३ मा प्रकाशित



काठमाडौ, २८ भदाै । आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गर्ने क्रम सुरु भएको छ। हालसम्म ५ वाणिज्य बैंक र ३ विकास बैंक गरी कुल ८ वटा बैंकहरूले लाभांश घोषणा गरिसकेका छन्।

घोषित लाभांशअनुसार विकास बैंकतर्फ गरिमा विकास बैंकले सबैभन्दा बढी कुल २० प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको छ भने वाणिज्य बैंकहरूतर्फ नबिल बैंक र एभरेष्ट बैंक अगाडि देखिएका छन्।

वाणिज्य बैंकहरूको लाभांश विवरण

१. नबिल बैंक:

नबिल बैंकले कुल १५.८० प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ५ प्रतिशत बोनस सेयर (रु. १ अर्ब ३५ करोड २८ लाख बराबर) र १०.८० प्रतिशत नगद लाभांश (रु. २ अर्ब ९२ करोड २१ लाख बराबर) रहेका छन्।

२. एभरेष्ट बैंक:

एभरेष्ट बैंकले हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। जसमा ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश सामेल छ।

३. ग्लोबल आइएमई बैंक:

ग्लोबल आइएमई बैंकले कुल १० प्रतिशत लाभांश (४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद) प्रस्ताव गरेको छ। बैंकले असोज १६ गते साधारण सभा बोलाएको छ भने असोज ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

४. सानिमा बैंक:

सानिमा बैंकले चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) मात्र दिने घोषणा गरेको छ। बैंकले असोज १२ गतेका लागि साधारण सभा बोलाएको छ र असोज १ गते बुक क्लोज गर्नेछ। असोज १ भन्दा अघिसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन्।

५. माछापुच्छ्रे बैंक:

माछापुच्छ्रे बैंकले कुल ६ प्रतिशत लाभांश दिने भएको छ। जसमा ३ प्रतिशत बोनस सेयर (रु. ३६ करोड २५ लाख बराबर) र ३ प्रतिशत नगद लाभांश (रु. ३६ करोड ५० लाख बराबर) रहेको छ।

विकास बैंकहरूको लाभांश विवरण

१. गरिमा विकास बैंक:

विकास बैंकहरूतर्फ गरिमाले सबैभन्दा धेरै कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) समावेश छ।

२. कामना सेवा विकास बैंक:

कामना सेवाले साधारण सेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरेको छ। साथै, अग्राधिकार सेयरधनीहरूलाई भने बाँडफाँड मितिदेखि असार मसान्तसम्म समानुपातिक रूपमा ९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

३. सांग्रिला डेभलपमेन्ट बैंक:

सांग्रिलाले कुल १०.५२६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमा ४ प्रतिशत बोनस सेयर (रु. १४ करोड ९३ लाख बराबर) र ६.५२६३ प्रतिशत नगद लाभांश (रु. २४ करोड ३६ लाख बराबर) रहेको छ।

लाभांश तुलना तालिका

बैंकको नामबैंकको प्रकारबोनस सेयर (%)नगद लाभांश (%)कुल लाभांश (%)
गरिमा विकास बैंकविकास बैंक१०.००%१०.००%२०.००%
नबिल बैंकवाणिज्य बैंक५.००%१०.८०%१५.८०%
एभरेष्ट बैंकवाणिज्य बैंक५.००%१०.००%१५.००%
कामना सेवा विकास बैंकविकास बैंक–१५.००%१५.००%
सांग्रिला डेभलपमेन्ट बैंकविकास बैंक४.००%६.५२६३%१०.५२६३%
ग्लोबल आइएमई बैंकवाणिज्य बैंक४.००%६.००%१०.००%
सानिमा बैंकवाणिज्य बैंक–१०.००%१०.००%
माछापुच्छ्रे बैंकवाणिज्य बैंक३.००%३.००%६.००%

नोट: प्रस्तावित बोनस र नगद लाभांश सम्बन्धित बैंकहरूको आगामी वार्षिक साधारण सभाबाट पारित भई नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।