कालिका लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा दिवस ढकाल नियुक्त

-



     सफल आवाज    
     भाद्र २९ गते २०८३ मा प्रकाशित



काठमाडौं, २९ भदौ । पाेखरामा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नायव प्रमुख कार्यकारी अधिकृतमा दिवस ढकाल नियुक्त भएका छन् ।

संस्थाको भदाै २७ गते बसेकाे सञ्चालक समितिको बैठकले ढकाललाई २०८३ असोज १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) मा नियुक्त गर्ने निर्णय गरेको बताइएकाे छ ।

स्याङ्जामा जन्मिएका ढकालसँग विभिन्न लघुवित्तमा काम गरेको अनुभव छ । यसअघि उनले मातृभुमी लघुबित्त वित्तीय संस्था लिमिटेडमा एजिएमकाे जिम्मेवारी सम्हालेका थिए। २०८२ जेठ १ गतेबाट ढकाल कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा बरिष्ठ प्रबन्धककाे जिम्मेवारीमा रहेका छन।