शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे १६ प्रतिशत लाभांश प्रस्ताव

-



     सफल आवाज    
     भाद्र २९ गते २०८३ मा प्रकाशित



काठमाडौं, २९ भदौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२-८३ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित नगद लाभांशमा बोनस सेयरबापतको करसमेत समावेश गरिएको बैंकले जनाएको छ । सञ्चालक समितिको प्रस्ताव अनुसार लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट लाभांश सम्बन्धी प्रस्ताव पारित गर्नुपर्नेछ ।