
नवलपरासी, २९ भदाै । । केहि महिनादेखि धुवाको मुस्लो निस्कीरहेको धौवादी फलामखानीमा जाँच गर्न खानी तथा भूगर्भ बिभागका बिज्ञहरुको टोली मंगलवार आउने भएको छ ।
खानी तथा भूगर्भ बिभागका प्रबक्ता नारायण बास्कोटाका अनुसार बिभागका बिज्ञ प्रकाश लुंइटेलको नेतृत्वमा तिन सदस्य रहेको मंगलवार हुप्सेकोट गाउपालिकाको धुवाँ निस्कीरहेको स्थानमा स्थलगत अध्ययन, अनुसन्धानकालागि खटाइएको छ ।
यहाँको पहाडि हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ को पेल्गा डांडामा केहि सातादेखि बाक्लो धुँवाको मुस्लो निस्कीरहेको छ । त्यो धुँवाको गन्ध समेत आउने गरेको स्थानियको भनाई छ ।
लुइटेलको नेतृत्वमा पेट्रोलियम अन्वेषण परियोजना, धौवादी फलाम खानी कम्पनी लिमिटेडका प्राबिधिक (बिज्ञ) टोलि आउने भएको हो । पहाडको बिचवाट धुँवाको मुस्लो (गन्ध समेत आउने) निस्कीरहेको स्थानमा गन्धक रहेको हुनसक्ने वास्कोटाको अनुमान छ । ११ वर्ष अघिको भूकम्पीय दरारका कारण त्यहाँको भूभागमा चिरा परेर धुँवा निस्केको हुन सक्छ । त्यहाँ कोइलाखानी पनि हुनसक्छ । बिज्ञहरुको टोलिले अध्ययन गरिसकेपछि के हो त्यहाको धुँवा भन्ने एकिन हुनेछ ।
धुँवा निस्कीरहेको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेका अनुसार त्यहाँ धेरै दशक अघिदेखि धुँवा निस्कने गरेको र हाल केहि बढेका कारण बिज्ञहरु पठाउन आफुले मन्त्री महावीर पुनको मन्त्रालयमा बिषेशज्ञहरुको टोलि चाडो पठाउन लिखित पत्र नै पठाएर अनुरोध गरेको सुनाइन्। मन्त्री महाबिर पुनले अरु कोहि आएर हुदैन म त्यहाँ बिज्ञहरुको टोलि नै पठाउछु भनेर टेलिफोनमा समेत आफुलाई बताएको सुनाइन्।
जानकारहरुका अनुसार त्यहाँ बिक्रमसम्बत् २०१२ सालदेखि नै धुवाँ निस्कने गरेको छ । केहिसाता यता त्यहाँ निस्कने धुँवा बाक्लीदै गएकाे कारण फेरी पेल्गा गाउँ चर्चामा रहेको हो ।
सोमवार काठमाण्डौको लाजिम्पाटमा रहेको धौवादी फलामखानी र खानी तथा भूगर्भ बिभागमा पूर्वी नवलपरासीका सांसद मनिष खनाल र राजन गौतमको टोलि पुगेर धौवादी फलामखानी नजिकको पहाडमा निस्कीरहेको धुँवाको मुस्लोको बारेमा जानकारी गराएका थिए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




