गरिमा विकास बैंकद्धारा भोटेकोशी बाढी प्रभावितका लागि १ करोड १ लाख ११ हजार सहयोग घाेषणा

-



     सफल आवाज    
     भाद्र ३० गते २०८३ मा प्रकाशित




काठमाडाैं, ३० भदाै । गत भदाै १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि गरिमा विकास बैंक र बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग गर्ने भएको छ ।

बाढी पश्चात उत्पन्न कठिन परिस्थितिबाट प्रभावितका लागि कर्मचारीहरुको तर्फबाट १ दिनको तलब तथा भत्ता बराबरको रकम १६,२०,५५० र बैंकको तर्फबाट नगद ३४,९०,५६१ समेत गरी रु ५१,११,१११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ ।

साथै, विकास बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुर्नस्थापना सम्बन्धी कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप ५०,००,००० बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ ।
विकास बैंकले यस अकल्पनीय प्राकृतिक विपद्मा परी ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकाे छ ।

घाइते तथा प्रभावित सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुर्नस्थापनाको कामना गर्दै यस विपद्को कठिन घडीमा प्रभावित नागरिक, स्थानीय समुदाय, सरकारी निकाय, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा सम्पूर्ण सरोकारवालाबीचको सहकार्यबाट राहत, पुर्नस्थापना र पुनर्निमाणका प्रयासलाई थप प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरेकाे छ ।