
काठमाडाैं, १ असाेज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ। बैंकले आगामी वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले ५ प्रतिशत बोनस सेयरका आधारमा नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेका अनुसार समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ६९२ रुपैयाँ ८६ पैसा कायम भएको छ। यसअघि अघिल्लो कारोबार दिन (बुधबार) दोस्रो बजारमा बैंकको सेयर अन्तिम पटक प्रतिकित्ता ७२७ रुपैयाँ ५० पैसामा कारोबार भएको थियो। यही अन्तिम मूल्यका आधारमा नेप्सेले नयाँ सेयरमूल्य तय गरेको हो।
समायोजित मूल्यलाई नै आधार मानेर आज (बिहीबार) दोस्रो बजारमा एभरेष्ट बैंकको सेयर कारोबार खुला हुनेछ।
बैंकले ३२ औँ वार्षिक साधारण सभा असोज १४ गते बुधबार आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा आह्वान गरेको छ। उक्त सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




