
काठमाडौं, ५ असाेज। ब्रोकर कम्पनीहरूको ‘ट्रेडिङ म्यानेजमेन्ट सिस्टम’ (TMS) होस्ट गरिएको पूर्वाधारमा र्यान्समवेयर (साइबर) आक्रमण भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सोमबारको सम्पूर्ण सेयर कारोबार प्रभावित भई बन्द भएको छ।
डेटा हब प्रालिका अनुसार असोज ४ गते बिहान साढे ५ बजेदेखि प्रणालीमा प्राविधिक समस्या देखिएको थियो। आक्रमण भएको ३० घण्टाभन्दा बढी समय बितिसक्दा पनि समस्या समाधान हुन नसकेपछि सोमबार सेयर बजार खुल्न नसकेको हो।
बिहान ४ बजेसम्मको डेटा सुरक्षित
डेटा हब र प्रणाली व्यवस्थापक ‘वाईको’ (Yco) ले दिएको जानकारीअनुसार साइबर आक्रमण हुनुअघि अर्थात् असोज ४ गते बिहान ४ बजेसम्मको ब्याकअप भने सुरक्षित राखी अलग्गै राखिएको छ।
बहुआयामिक प्रणाली प्रभावित
वाईकोका अनुसार र्यान्समवेयरका कारण ब्रोकरहरूको टीएमएसका साथै सीडीएससी (CDSC) सम्बन्धी प्रणाली, भुक्तानी गेटवे तथा अन्य अन्तरसम्बन्धित सेवाहरू समेत प्रभावित भएका छन्।
र्यान्समवेयर अन्य जोडिएका नेटवर्क र प्रणालीमा फैलिन सक्ने जोखिम रहेकाले प्रभावित प्रणालीहरूलाई हालसम्म पुनः अनलाइन ल्याइएको छैन।
फरेन्सिक विश्लेषण जारी
डेटा हबले टीएमएस, नेप्सेको पूर्वाधार र अन्य सम्बन्धित प्रणालीहरू एकापसमा जोडिएकाले सुरक्षाका दृष्टिले हतारमा प्रणाली चलाउन नसकिने जनाएको छ। पूर्ण फरेन्सिक विश्लेषण (Forensic Analysis) गरी सुधारात्मक र आवश्यक सुरक्षा उपायहरू लागू गरेपछि मात्र प्रणालीलाई पुनः अनलाइन ल्याइने भएकाले केही समय लाग्ने डेटा हबले जारी गरेको सूचनामा उल्लेख छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




