
काठमाडौं, ५ असाेज। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राविधिक समस्याका कारण धितोपत्र कारोबार नै स्थगित भएपछि नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को गम्भीर ध्यानाकर्षण भएको छ।
बोर्डले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन टोली गठन गर्नुका साथै नेप्सेलाई आगामी असोज १२ गतेभित्र सुधारको विस्तृत प्रतिवेदन पेश गर्न कडा निर्देशन दिएको छ।
बोर्डका अनुसार असोज ४ गते बिहानदेखि धितोपत्र दलाल व्यवसायीका लागि अनुमतिप्राप्त ९२ कम्पनीमध्ये ७२ वटा व्यवसायीको सर्भर राखिएको डाटा सेन्टरमा गम्भीर प्राविधिक समस्या देखिएको थियो। उक्त प्राविधिक अवरोधका कारण असोज ५ गते सेयर कारोबार नै पूर्ण रूपमा रोक्नुपर्ने अवस्था सिर्जना भएको थियो।
कारोबार नै ठप्प हुने स्थिति कसरी र किन उत्पन्न भयो भन्ने विषयमा अध्ययन तथा जाँचबुझ गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन सुधारसहितको प्रतिवेदन असोज १२ गतेभित्र बुझाउन बोर्डले नेप्सेलाई निर्देशन दिएको हो।
यसैबीच, प्राविधिक समस्याको मूल कारण पहिल्याउन र आगामी दिनमा अपनाउनुपर्ने सतर्कताबारे अध्ययन गर्न बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत गठन गरी खटाइएको छ।
धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार निरीक्षण टोलीले बुझाउने अध्ययन प्रतिवेदन र सुझावका आधारमा नेपाली धितोपत्र बजारलाई अझ स्वस्थ, सुरक्षित, विश्वसनीय र पारदर्शी बनाउन बोर्डले आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




