
काठमाडौं, ६ असाेज । मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीद्वारा जारी जानकारी अनुसार शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गरिनेछ।
हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ रहेको छ। सोही पुँजीका आधारमा:
- बोनस शेयर: १५ प्रतिशत बापत १२ करोड ९० लाख ९९ हजार रुपैयाँ बराबरको बोनस शेयर।
- नगद लाभांश: ०.७८९ प्रतिशत बापत ६७ लाख ९४ हजार ६८४ रुपैयाँ नगद।
उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभा (AGM) बाट पारित भएपछि मात्र शेयरधनीहरूमा वितरण गरिनेछ।








पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




