
काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा तोकिएको नियामकीय मापदण्ड पालना नगर्ने छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाही गरेको छ।
राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गर्दै ती संस्थाहरूलाई शीघ्र सुधारात्मक कारबाही तथा नगद जरिवाना गरिएको जनाएको हो।
राष्ट्र बैंकका अनुसार न्यूनतम पुँजीकोष अनुपात (Capital Fund Ratio) कायम गर्न नसकेका चारवटा लघुवित्तलाई ‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४’ बमोजिम कारबाही गरिएको छ:
- फरवार्ड लघुवित्त: २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम रहेकाले विनियमावलीको विनियम ३ (क) बमोजिम शीघ्र सुधारात्मक कारबाही।
- धौलागिरि लघुवित्त: सोही अवधिमा पुँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र रहेकाले विनियम ३ (क) बमोजिम शीघ्र सुधारात्मक कारबाही।
- एनआईसी एशिया लघुवित्त: पुँजीकोष अनुपात ६.३९ प्रतिशतमा सीमित भएकाले विनियम ३ (क) बमोजिम शीघ्र सुधारात्मक कारबाही।
- मातृभूमि लघुवित्त: पुँजीकोष अनुपात ४.०८ प्रतिशतमा झरेकाले विनियमावलीको विनियम ३ (ख) बमोजिम शीघ्र सुधारात्मक कारबाही।
त्यस्तै, तोकिएको अनिवार्य नगद मौज्दात (CRR) कायम नगरेका अन्य दुई लघुवित्तलाई राष्ट्र बैंकले नगद जरिवाना गराएको छ:
- वीन नेपाल लघुवित्त: २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेकाले प्रथम पटकका लागि रु. ५८ पैसा ३८ नगद जरिवाना।
- सञ्जीवनी लघुवित्त: २०८२ चैतदेखि २०८३ असारसम्म लगातार चार महिना अनिवार्य नगद मौज्दात कायम नगरेकाले क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो पटक गरी रु. ७१३.८८, रु. १,०६७.४०, रु. १,४१२.९१ र रु. १,४१०.७८ नगद जरिवाना।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




