काठमाडौं, ८ असाेज। नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले रु. १००० (एक हजार) दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकले २०८३ असोज ८ गते बिहीबार एक सूचना जारी गर्दै साविककै आकारमा रङ परिवर्तन गरी (बैजनी रङको घेराभित्र फिक्का हरियो) नोट सम्बत् २०८३ साल असोज ८ गतेदेखि नै चलनचल्तीमा ल्याइएको जनाएको छ।
सङ्केत नं. $\text{ट/९२ ०००००१}$ देखि $\text{त/५० ९९९९९९}$ सम्म रहेका यी नयाँ नोटहरूमा सुरक्षण सुविधाहरू परिमार्जन गरिएको छ। Note सिरिज “विसं २०८२” र पृष्ठ भागमा “2025 A.D.” उल्लेख गरिएको यो नयाँ नोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
नयाँ नोटको अग्र भागका मुख्य विशेषताहरू:
- प्रतिज्ञामूलक वाक्यांश: मध्य खण्डमा “श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइने छ” भन्ने वाक्यांश छ।
- चित्र तथा पानीछाप: बायाँतर्फ सगरमाथा हिमालको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप र त्यसमुनि “1000” अङ्कित पानीछाप रहेको छ।
- दृष्टिविहीनका लागि सुविधा: दृष्टिविहीन व्यक्तिले स्पर्श गरी पहिचान गर्न सहजताका लागि दायाँतर्फको तल्लो भागमा एक हजार अङ्क जनाउने रोमन अक्षर “M” तथा सगरमाथा हिमाल र पानीछापको दायाँतर्फ १०/१० वटा तेर्सा रेखाहरू (Angular Lines) राखिएको छ।
- रङ परिवर्तन हुने आकृति: सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र रहेको छ।
- सुरक्षण धागो: ३.५ मि.मी. चौडाइ भएको सुरक्षण धागोमा सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने चलायमान विशेषता (Movement/Dynamic Effect) सहित “NRB” र “1000” अङ्कित गरिएको छ।
- See Through Register: दायाँतर्फ निलो रङमा “1000” को केही अंश देखिने भाग रहेको छ, जसलाई प्रकाशतर्फ पारेर हेर्दा “1000” पूर्ण रूपमा देखिन्छ।

नोटको पृष्ठ (पछाडि) भागका मुख्य विशेषताहरू:
- जुम्ल्याहा हात्तीको चित्र: मध्य खण्डमा चितवनस्थित सरकारी हात्तीसारमा रहेका देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ जुम्ल्याहा हात्ती ‘राम र लक्ष्मण’ को चित्र रहेको छ भने सोमाथि “NEPAL RASTRA BANK” लेखिएको छ।
- सात प्रदेशको प्रतीक: बायाँतर्फ रहेको पानीछापको दायाँतर्फ नेपालका सातवटा प्रदेशहरू जनाउने गरी सातवटा लालीगुराँसको चित्र प्रयोग गरिएको छ।
- ऐतिहासिक थाम: दायाँतर्फ “RUPEES ONE THOUSAND” का साथै हनुमान ढोकास्थित लँहचोकमा अवस्थित ऐतिहासिक महत्त्वको थाम (Pillar) को आकृति रहेको छ।
राष्ट्र बैंकका अनुसार यसअघि सिरिज २०१९ अन्तर्गत $\text{ज/६८ ०००००१}$ देखि $\text{ट/१०० ९९९९९९}$ सम्म जारी गर्ने भनिएकामा $\text{ज/६८ ०००००१}$ देखि $\text{ट/९१ ४४००००}$ सम्म मात्र चलनचल्तीमा ल्याइएकाले बाँकी क्रमलाई मिलाएर नयाँ सिरिज २०२५ को नोट $\text{ट/९२ ०००००१}$ बाट प्रारम्भ गरिएको हो।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




