यी तीन कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     असाेज १२ गते २०८३ मा प्रकाशित



काठमाडाैं, १२ असोज । आज तीन कम्पनीहरूकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे छ ।

ति कम्पनीहरूमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन्। उनिहरूले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि भाेलि असोज १३ गते बुकक्लोज गर्ने बताएका छन्।

यसअनुसार असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र यी कम्पनीहरूको आगामी वार्षिक साधारण सभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

कम्पनीअनुसार लाभांश विवरण र साधारण सभाको कार्यतालिका

कम्पनीको नामबोनस शेयरनगद लाभांश (कर प्रयोजनसहित)साधारण सभा मिति र समयसभा हुने स्थान
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE)६%१०%असोज २८ गते (बुधबार), बिहान ११:३० बजेहोटल सेफ्रन सि.के. प्रा.लि., बुटवल, रुपन्देही
सर्वोत्तम पेन्ट्स (SAPIL)१०%०.५२६३%असोज २५ गते (आइतबार), दिउँसो १:०० बजेहोटेल जंगल स्पा प्रा.लि., अत्तरिया, कैलाली
अरुण भ्याली हाइड्रोपावर (AHPC)५%०.२६३%असोज २७ गते (मंगलबार), बिहान १०:०० बजेहोटल क्रिस्टल पशुपति, गौशाला, काठमाडौँ

साधारण सभाका मुख्य प्रस्तावहरू

  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (१८ औँ वार्षिक साधारण सभा): सभाले प्रस्ताव गरेको ६% बोनस शेयर र १०% नगद लाभांश पारित गर्नुका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
  • सर्वोत्तम पेन्ट्स (पाँचौँ वार्षिक साधारण सभा): सभाले १०% बोनस शेयर र ०.५२६३% नगद लाभांश पारित गर्नुका साथै सञ्चालक निर्वाचन (संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना) तथा नियमावली संशोधनको प्रस्ताव पारित गर्नेछ।
  • अरुण भ्याली हाइड्रोपावर (२९ औँ वार्षिक साधारण सभा): सभाले ५% बोनस शेयर र ०.२६३% नगद लाभांश पारित गर्नुका साथै सहायक कम्पनीहरूका आयोजनाका लागि कर्पोरेट ग्यारेन्टी दिने, लेखापरीक्षक नियुक्ति र नियमावली संशोधनका प्रस्तावहरू स्वीकृत गर्नेछ।