यी चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     असाेज १३ गते २०८३ मा प्रकाशित



काठमाडौं, १३ असाेज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार प्रमुख कम्पनीको लाभांश सुरक्षित गर्ने अआज न्तिम दिन बाँकी रहेको छ।

असोज १३ गतेसम्म कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र यी कम्पनीहरूले घोषणा गरेको लाभांश प्राप्त गर्न र आगामी वार्षिक साधारण सभामा भाग लिन पाउनेछन्।

लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेका कम्पनीहरूमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्स रहेका छन्।

साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि यी चारै कम्पनीहरूले भोलि अर्थात् असोज १४ गते बुकक्लोज गर्दैछन्। त्यसैले असोज १३ गतेसम्म नेप्सेमा खरीद भई कायम रहेका शेयरधनीहरू मात्र कम्पनीको लाभांश र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। असोज १४ गते वा सोभन्दा पछि शेयर खरीद गर्ने लगानीकर्ताले भने लाभांश दाबी गर्न पाउने छैनन्।

कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको लाभांश पारित गर्नका लागि वार्षिक साधारण सभा बोलाएका हुन्।