
काठमाडौं, १३ असाेज । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ।
संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले हाल कायम चुक्ता पूँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७ रुपैयाँ २२ पैसाको कुल ९.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांशको विवरण निम्न अनुसार रहेको छ:
- बोनस शेयर: ६ प्रतिशत (३ करोड ८८ लाख ९७ हजार ८६७ रुपैयाँ ८३ पैसा बराबर)
- नगद लाभांश: ३.५ प्रतिशत – करसहित (२ करोड २६ लाख ९० हजार ४२२ रुपैयाँ ९० पैसा बराबर)
प्रस्तावित उक्त लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




