
काठमाडाैं १३ असाेज । विराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। आईपीओ निष्काशनका लागि कम्पनीले संस्थागत परामर्श सेवासहित एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
सुनसरीको इटहरी–१३ मा रहेको यस कम्पनी नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रलाई व्यावसायिक, आधुनिक र दिगो ढाँचामा विकास गर्ने उद्देश्यका साथ सञ्चालनमा छ। मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत कम्पनीले व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको छ। हाल विराट एग्री देशका ठूला तथा व्यवस्थित व्यावसायिक मत्स्य फार्महरूमध्ये एक अग्रणी फार्मको रूपमा स्थापित छ।
कम्पनीले इटहरी–१३, खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक ‘फिस फिड प्लान्ट’ मार्फत आफ्ना परियोजनाका साथै बजारका लागि विभिन्न प्रकारका तैरिने (Floating) र डुब्ने माछाका दाना उत्पादन तथा बिक्री-वितरण गर्दै आएको छ।
पूँजी विस्तार र भावी योजना
कृषि तथा मत्स्यपालन क्षेत्रको सम्पूर्ण मूल्य शृङ्खला (Value Chain) लाई एकीकृत गर्दै उत्पादन, प्रशोधन, प्याकेजिङ तथा बजारीकरणलाई थप व्यवस्थित बनाउन कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो। शेयर निष्काशनबाट प्राप्त पूँजीलाई कम्पनीले उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि र व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्ने लक्ष्य लिएको छ।
आफ्नो दीर्घकालीन योजनाअन्तर्गत कम्पनीले पाङ्गास माछाको प्रशोधन गरी फिलेट तथा अन्य मूल्य अभिवृद्धि भएका माछाजन्य प्रजातिको उत्पादन, प्याकेजिङ र बजारीकरणका लागि आधुनिक ‘पाङ्गास फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट’ स्थापना गर्नेछ। यसका साथै हाल सञ्चालनमा रहेको फिड प्लान्टका अतिरिक्त माछा तथा पशुपंक्षीका लागि आवश्यक पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको आधुनिक ‘पेल्रेट फिड प्लान्ट’ (Pellet Feed Plant) समेत स्थापना गर्ने लक्ष्य राखिएको छ।
कम्पनीले “Farm to Market” (फार्मदेखि बजारसम्म) अवधारणा अन्तर्गत आफ्नै फार्ममा माछा उत्पादन, दाना उत्पादन, आधुनिक प्रशोधन तथा फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनलाई एउटै एकीकृत चक्रमा विकास गरिरहेको छ। विराट एग्रीको यस विस्तार योजनाले नेपालको कृषि र एक्वाकल्चर क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ।
बिक्री प्रबन्धकको रूपमा रहेको एनआईसी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि प्राइभेट लिमिटेड कम्पनीलाई पब्लिकमा परिणत गर्नेदेखि शेयर निष्काशनसम्मका परामर्श सेवा प्रदान गर्दै आएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




