
काठमाडौ, १५ असाेज। काठमाडौँ उपत्यकाका १२ भन्दा बढी क्षेत्रमा असोज १५ गतेदेखि २६ गतेसम्म (११ दिन) दैनिक विद्युत् आपूर्ति कटौती हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भूमिगत विद्युत् वितरण प्रणालीलाई पूर्ण सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको सम्भावित विद्युत् माग व्यवस्थापन (लोड म्यानेजमेन्ट) का लागि आवश्यक प्राविधिक काम गर्न लाइन काट्न लागिएको हो।
प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गत पर्ने तोकिएका क्षेत्रहरूमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।
कुन दिन कहाँ जाँदैछ बत्ती?
- असोज १५: सतुङ्गल बौथली क्षेत्र
- असोज १६: मच्छेगाउँ दोभान चोक तथा खुसी चोक क्षेत्र
- असोज १७: मूलपानी क्षेत्र
- असोज १८: गर्जुधारा क्षेत्र
- असोज २०: मूलपानी क्षेत्र
- असोज २१: बलम्बु क्षेत्र
- असोज २२: कोटेश्वर–बालकुमारी क्षेत्र
- असोज २४: सिफल क्षेत्र
- असोज २५: सतुङ्गल धौलागिरी आवास क्षेत्र
- असोज २६: धोबीखोला क्षेत्र
प्राधिकरणका अनुसार निर्धारण गरिएको कार्य तोकिएको समयअगावै सम्पन्न भएमा निर्धारित समयभन्दा अघि नै विद्युत् आपूर्ति सुचारु गरिनेछ। प्राविधिक कार्यका कारण ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा माग्दै तोकिएको समयमा सहयोग गर्न अपिल गरेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




