
काठमाडौं, १५ असाेज। नेपालको पुँजी बजारमा लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा बढेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार देशभर डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९५ हजार पुगेको छ।
धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बजारमा लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढेको जानकारी दिए। उनका अनुसार हाल ५१ लाख २२ हजारभन्दा बढी ‘मेरो सेयर’ खाता सक्रिय रहेका छन् भने गत आर्थिक वर्षको असार मसान्तसम्ममा कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजार नाघेको छ।
पुँजी बजारमा अझै पनि प्राथमिक सेयरको प्रभुत्व कायमै रहेको बोर्डको तथ्याङ्कले देखाउँछ। संगठित संस्थाहरूले संकलन गरेको कुल पुँजीमध्ये साधारण सेयर ४६.२६ प्रतिशत,संस्थागत ऋणपत्र ३१.०३ प्रतिशत, सामूहिक लगानी कोष १४.८१ प्रतिशत, विशिष्टीकृत लगानी कोष ५.१७ प्रतिशत र अग्राधिकार सेयर २.१७ प्रतिशत छ ।
हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड रुपैयाँ बराबरको पुँजी परिचालनको स्वीकृति दिइएको छ। बोर्डले गत आर्थिक वर्षमा ५२ वटा संस्थालाई ७९ अर्ब ७३ करोड र चालु आर्थिक वर्षमा चारवटा संस्थालाई ४ अर्ब ६० करोड रुपैयाँको पुँजी परिचालनका लागि अनुमति प्रदान गरिसकेको छ।
नेप्से र सीडीएससीको संरचनागत सुधार
अर्थ मन्त्रालयको निर्देशनबमोजिम रामेश्वर खनाल नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्दै नेप्सेको संरचनागत र प्राविधिक सुधार प्रक्रियालाई तीव्र पारिने अध्यक्ष भट्टले बताए। हालै देखिएका साइबर सुरक्षा चुनौती र सुशासन सुधारका लागि आगामी सातादेखि नेप्से सञ्चालक समितिसँग छलफल गरी पुनर्संरचना (Restructuring) अघि बढाइनेछ।
साथै, अर्थ मन्त्रालयबाट प्राप्त २१ बुँदे निर्देशन कार्यान्वयन गर्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) लाई ‘सेन्ट्रल काउन्टर पार्टी’ (CCP) का रूपमा विकसित गर्ने योजना बोर्डले बनाएको छ, जसले सेयर खरिद-बिक्री प्रक्रियामा थप सुरक्षा र ग्यारेन्टी प्रदान गर्नेछ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




