हिमालयन बुलियन कम्पनी र सगरमाथा लुम्बिनी ईन्स्याेरेन्स बीच सहकार्य

-



     सफल आवाज    
     असाेज १५ गते २०८३ मा प्रकाशित




काठमाडाैं, १५ असाेज। बिगत २५ बर्षदेखि गरगहना संबन्धि कार्य गर्दे आएको हिमालयन बुलियन कम्पनीले सगरमाथा लुम्बिनी ईन्सोरेन्स कम्पनीसँग सम्झौता गरेकाे छ। कम्पनीका हरेक ग्राहकको सुरक्षाका लागि छुट सहित दुर्घटना बिमा गरिदिने सम्झौता गरेकाे हाे ।

ग्राहकलाइ ३ तहको मेम्बरसिप प्रेाग्राम अन्तरगत बर्गीकरण गरेर साेही अनुसारकाे छुट पाउने सम्झौता गरिएकाे कम्पनीले जनाएकाे छ । याे सम्झौता आउँदै गरेको बडा दशैंको घटस्थापनाको दिनदेखि लागु हुनेछ ।