सुनको भाउ एक हप्तामा ३ हजार ८०० रुपैयाँले घट्यो

-



     सफल आवाज    
     असाेज १७ गते २०८३ मा प्रकाशित



काठमाडौं, १७ असाेज । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज १० गते शनिबार प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन हप्ताको अन्तिम दिन असोज १६ गते शुक्रबारसम्म आइपुग्दा घटेर २ लाख ९४ हजार ८०० रुपैयाँमा झरेको छ।

चाडपर्व नजिकिँदै गर्दा नयाँ गहना बनाउने र खरिद गर्ने ग्राहकको चहलपहल बढे पनि बजारमा सुनको मूल्य भने ओरालो लागेको हो।

हप्ताभरि कसरी भयो सुनको कारोबार?

  • असोज १० (शनिबार): प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा स्थिर।
  • असोज ११ (आइतबार): तोलामा ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुग्यो।
  • असोज १२ (सोमबार): एकैदिन ५ हजार रुपैयाँको ठूलो गिरावट आउँदै २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार।
  • असोज १३ (मंगलबार): पुनः ३ हजार ८०० रुपैयाँले घट्दै २ लाख ९० हजार ५०० रुपैयाँमा झर्यो।
  • असोज १४ (बुधबार): २ हजार ८०० रुपैयाँले बढेर २ लाख ९३ हजार ३०० रुपैयाँ पुग्यो।
  • असोज १५ (बिहीबार): मूल्य स्थिर रहँदै २ लाख ९३ हजार ३०० रुपैयाँमै कारोबार।
  • असोज १६ (शुक्रबार): हप्ताको अन्तिम दिन १५०० रुपैयाँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँमा कायम।

यस हप्ताको सुरुवाती दिनमा मूल्यमा केही उतारचढाव देखिए पनि समग्र साताभर सुनको मूल्यमा तीव्र वृद्धि हुन सकेन र साताको अन्त्यसम्म आइपुग्दा कुल ३, ८०० रुपैयाँको गिरावट दर्ता भयो।