धर्मकाया बुद्ध मण्डलाका अध्यक्षमा पुनः रुद्रकुमारी गुरुङ “मैना”

-



     सफल आवाज    
     असाेज १७ गते २०८३ मा प्रकाशित



पोखरा, १७ असोज । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको ११ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट पुनः रुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

पोखरामा सम्पन्न साधारणसभा तथा अधिवेशनले पोखरा महानगरपािलका वडा नंं ११ स्थित काँहुडाडामा धार्मिक पर्यटनको केन्द्रका निर्माणका लागि स्थापित संस्थाको उपाध्यक्षमा भरत राज शाक्य, सचिवमा पूर्ण लामा, सहसचिवमा हुमबहादुर गुरुङ, कोषाध्यक्षमा श्याम शाक्य, सदस्यहरुमा मेजर लक्ष्मीप्रसाद गुरुङ, पञ्चकुमारी गुरुङ, नरेन्द्रमान लालचन लगायत चयन हुनुभएको निर्वाचन समितिका संयोजक तथा धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका सल्लाहकार शंकर गुरुङले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सल्लाहकार गुरुङले धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको योजना, उद्धेश्य अति नै राम्रो भएता पनि पटक पटकको प्राविधिक र प्रशासनिक कार्यले देखिने काम हुन नसकेकोमा नयाँ कार्यसमितिले छिट्टै कार्य प्रारम्भका लागि जोड दिनुपर्ने बताउनुभयो।

साधारणसभा तथा अधिवेशनमा सचिव पूर्ण लामाले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष श्याम शाक्य र सचिव पुर्ण लामाले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव पारित गरिएको थियो। धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भरतराज शाक्य र संचालन सचिव पूर्ण लामाले गर्नुभएको थियो।