सुन चाँदीको मूल्य बढ्यो, यस्ताे छ दररेट

-



     सफल आवाज    
     असाेज २१ गते २०८३ मा प्रकाशित



काठमाडौं, २१ असोज । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ८ सयले बढेको हाे ।

महासंघका अनुसार मगंलबार प्रतितोला २ लाख ९१ हजार ५ सयमा कारोबार भएको सुन बुधबार बढेर २ लाख ९२ हजार ३ सयमा कारोबार भएको छ ।

त्यसैगरी, चाँदीको मूल्य १० रुपैँयाले बढेको छ । मगंलबार ४ हजार ४ सय १५ रुपैंया मा कारोबार भएको चाँदी बुधबार ४ हजार ४ सय २५ रुपैंया मा कायम भएको हो ।