
मुम्बई, २१ असोज । बढ्दो मुद्रास्फीति जोखिम, विश्वव्यापी आर्थिक अवस्था र घरेलु अर्थतन्त्रको बलियो वृद्धिबीच भारतीय रिजर्भ बैंक (आरबीआई) ले बुधबार नीतिगत रेपो दर २५ आधार अङ्कले बढाएर ५.५० प्रतिशत पुर्याएको छ ।
आरबीआईका गभर्नर सञ्जय मल्होत्राले बृहत् आर्थिक तथा वित्तीय अवस्था र आगामी दृष्टिकोणको मूल्याङ्कनपछि मौद्रिक नीति समितिले (एमपीसी) रेपो दर बढाउने निर्णय सर्वसम्मतिले गरेको बताउनुभयो । यसअघि अगस्टमा समितिले रेपो दर ५.२५ प्रतिशतमा यथावत् राख्दै तटस्थ नीतिगत दृष्टिकोण अपनाएको थियो ।
रेपो दर वृद्धिपछि स्थायी निक्षेप सुविधा दर ५.२५ प्रतिशत तथा मार्जिनल स्थायी सुविधा र बैंक दर ५.७५ प्रतिशत कायम भएको छ । एमपीसीको नीतिगत दृष्टिकोण भने बहुमतबाट मौद्रिक नीति थप कडा बनाउनेतर्फ परिवर्तन गरिएको छ । भारतको उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति अगस्टमा ४.८२ प्रतिशत पुगेको थियो ।
कमजोर मनसुन र कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर पुग्न सक्ने जोखिमले आगामी दिनमा मूल्यवृद्धिमा थप दबाब पर्न सक्ने अनुमान गरिएको छ । यसैबीच, भारतको अर्थतन्त्र आर्थिक वर्ष २०२६/२७ को पहिलो त्रैमासिकमा ७.८ प्रतिशतले विस्तार भएको छ ।
घरेलु माग, उत्पादन तथा सेवा क्षेत्रमा आर्थिक गतिविधि बलियो रहेको जनाइएको छ । अर्थशास्त्रीहरूले मुद्रास्फीति, तेलको मूल्य र विश्वव्यापी वित्तीय अवस्थाका आधारमा आर्थिक वर्ष २०२६/२७ को अन्त्यसम्ममा रेपो दर करिब छ प्रतिशत पुग्न सक्ने अनुमान गरेका छन् ।








पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




